०१ असार २०८३, सोमबार
माओवादी महाधिवेशन

यी हुन् दलिततर्फ माओवादी केन्द्रीय सदस्यमा घोषणा भएका नाम

यी हुन् दलिततर्फ माओवादी केन्द्रीय सदस्यमा घोषणा भएका नाम

नेकपा (माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावित केन्द्रीय सदस्यहरूको नाम घोषणा गरिहेका छन् । 

प्रज्ञा भवनमा भइरहेको महाधिवेशनअन्तर्गत आइतवारको बन्दसत्रमा उनले दलिततर्फको पुरुष र महिला केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । 

दलित पुरुषमा विष्णुबहादुर विक, यमबहाुदर परियार, जगत पाकी नाम घोषणा गरिएको छ । 

दलित महिलातर्फ अञ्जना बिशुङ्खे , शुशीला सिर्पाइली,सीता बौडेल मानकुमारी नेपाली, सीता नेपाली,  धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक, मम्फा बसेलको नाम घोषणा भएको छ । 

त्यस्तै दलित युवातर्फ पुरूषमा सुवोध सिर्पाइली, महिलामा पार्वती विक, अन्य २ जना महिला  घोषणा गर्न बाँकी छ । 

खसआर्यतर्फ १३ जनाको नाम प्रस्ताव गरिएको छ । जसमा नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम् काफ्ले रहेका छन् । 

१२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरिएको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्