१४ असार २०८३, आइतबार
माओवादी महाधिवेशन

प्रचण्डले प्रस्ताव गरेका २३६ नाम अनुमोदन गर्दै सकियो माओवादीको महाधिवेशन

प्रचण्डले प्रस्ताव गरेका २३६ नाम अनुमोदन गर्दै सकियो माओवादीको महाधिवेशन

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको नाम अनुमोदन गर्दै नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन सम्पन्न भएको छ । 

प्रचण्डले बन्दसत्रमा १२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जनाको नाम घोषणा गरेका थिए । सो नामहरू हलले पारित गरेको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।

अब केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । 

सो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्नेछ । बैठक ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्