२४ जेठ २०८३, आइतबार

६५ लाख बराबरको सामान बरामद

६५ लाख बराबरको सामान बरामद

भन्सार छली ल्याएको  करिब  रु ६५ लाख बराबरको खुद्रा सामान तथा औषधि लोड रहेको ट्रकसहित चालक चितवन राप्ती नपा वडा नं ४ का  ३२ वर्षीय  सुरेशकुमार लामालाई पर्सा प्रहरीले नियन्त्रणमा  लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक सो ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो  ।  

नियन्त्रणमा लिइएको सामानसहित ट्रकको समेत रु ६५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्