२५ जेठ २०८३, सोमबार

डोटीमा २५ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप

डोटीमा २५ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

डोटी जिल्लाका २५ हजार स्कूले बालबालिकालाई विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्षमुनिका विद्यार्थीलाई खोप लगाउन शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा २५ हजार बालबालिकालाई खोप लगाउन शुरू गरिएको कार्यालयको भनाइ छ ।

जिल्लामा ३३ हजार विद्यार्थीको तथ्यांक प्राप्त भए पनि २५ हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको १ महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताए ।

डोटीका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ ।

विद्यार्थी पनि खुशीका साथ कोरोना विरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन शुरू गरेका छौं, विद्यार्थी पनि खुशीका साथ खोप लगाउन थालेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्