१७ असार २०८३, बुधबार

दाङमा थप २५ हजार ५०० मतदाताको नामावली संकलन

दाङमा थप २५ हजार ५०० मतदाताको नामावली संकलन
प्रतिकात्मक तस्वीर

फोटो सहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा २५ हजार ५०० मतदाता थपिएका छन् ।

पहिलो चरणअन्तर्गत बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरणमा गत मंसिर १७ देखि पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराईले जानकारी दिए ।

पालिकाका प्रत्येक वडामा फरक–फरक समयमा पालैपालो मतदाता नामावली संकलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली संकलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए ।

घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटो सहितकोे मतदाता नामावली संकलन भइरहेको छ । 

बसाइँसराइँ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन हुने भट्टराईले जानकारी दिए । उनका अनुसार दैनिक ५०० देखि ९०० सम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान शुरू हुनुुपूूर्व दाङमा ३ लाख ७७ हजार ५ मतदाताले आफ्नो नाम दर्ता गराएका थिए ।

पछिल्लो समय थप भएका २५ हजार  ५०० सहित ४ लाख ३ हजार मतदाता संख्या पुुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराईले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्