.jpg?1483253789624)
काठमाडौं, १७ पुस– ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका साथ चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।
दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
.jpg?1483253810548)
नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउदै आएको छ ।
.jpg?1483253834011)
‘अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो’ जागरुक नेपाली युवा अभियानका संयोजक धनश्याम श्रेष्ठले भने ।
.jpg?1483253854655)
नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागका साथ टोपी दिवस मनाउन थालिएको आयोजकको संयोजक श्रेष्ठले जानकारी दिए ।
.jpg?1483253874105)