०४ असार २०८३, बिहीबार

जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीकोआन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल(आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी,क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन,सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । 

यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । 

यसरी एनपीआईमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलोहुने छ । एनपीआई सँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवनबीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।  

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमाकम्पनीकाबीमितहरुले आफ्नोबीमा प्रिमियम शूल्कअनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्