१८ असार २०८३, बिहीबार

कांग्रेस सभापतिलाई धम्की दिने एसपी हिराबहादुर पाण्डे निलम्बित

कांग्रेस सभापतिलाई धम्की दिने एसपी हिराबहादुर पाण्डे निलम्बित

नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका  प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

सभापति यादव र एसपी पाण्डेबीचको विवाद सतहमा आएपछि छानबिन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको प्रवक्ता बसन्त कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कारबाही पछि फुकुवा हुने बताए ।

यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद भएपछि सञ्चारमाध्यममा समाचार आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्