×
Bajaj Top
Khukuri
FONEPAY

सन्दर्भ : माओवादी महाधिवेशन

प्रचण्डलाई प्रज्ञा भवनले दिएको ‘अन्तिम अवसर’ र चुनौती

काठमाडाैं | पुस २१, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय सम्मेलनको जानकारी दिनका लागि पुस ७ गते माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको उपस्थितिमा केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना भएको थियो । 

Sanima Bank
morang Auto yamaha

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय सम्मेलनको लोगो र नारा सार्वजनिक गरिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको नारा बनाएको थियो– नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणको लागि प्रथम राष्ट्रिय सम्मेलन । तर, पुस १० गते माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । 

तत्कालीन प्रवक्ता महराले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले पार्टीको क्रान्तिकारी विचार निर्माण गर्ने र सोही अनुसारको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तर, पत्रकार सम्मेलन सकिएलगत्तै चियापानमा भेटिएका एक माओवादी कार्यकर्ताले महराको भनाइप्रति तीखो टिप्पणी गरिदिए– ‘कुन दिन एमालेसँग बिलय हुने ठेगान नभएको पार्टीको के क्रान्तिकारी विचार हुन्छ र ? महरा कमरेड आफैँ आउटडेटेड भइसक्नुभयो । उहाँले कसरी क्रान्तिकारी पार्टी बनाउनु होला ?’

नेताहरूको भनाइ र गराइबीचको विरोधाभाषप्रतिको असन्तुष्टि ती कार्यकर्ताको अभिव्यक्तिमा झल्किन्थ्यो । 

राष्ट्रिय सम्मेलनलाई छापामार शैलीमा महाधिवेशनमा लगेर प्रचण्डले ४५ पृष्ठको राजनीति प्रतिवेदन पेश गरे । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले आफ्ना कमजोरी र अयोग्यताको निर्मम समीक्षा गरेका छन् । 

प्रचण्डको प्रतिवेदनमाथि १७ सय ४२ प्रतिनिधिले घनिभूत छलफल गरे । प्रतिवेदनमा कण–कणको व्याख्या र विश्लेषण गरे । महाधिवेशन प्रतिनिधिले दिएको सुझाव समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता प्रचण्डले प्रतिनिधिसामु गरे ।

अझ उनले आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने र पार्टीको विचारलाई थप धारिलो बनाउने आश्वासन प्रतिनिधिलाई बाँडेका छन् । त्यसको अर्थ प्रचण्डले पार्टीको विचार तय गर्ने छलफलको लागि लामो समय उपलब्ध गराएका छन् ।

सोही महाधिवेशनमा प्रचण्डले स्थायी समितिबाट निर्णय गराएर बन्दसत्रको हलमा नाम वाचन गरेर घोषित भएका केन्द्रीय सदस्य सम्मिलित पहिलो केन्द्रीय समिति बैठकले प्रचण्डलाई पाँच वर्षका लागि पार्टीको हाइ कमान्डमा नवीकृत गरेको छ । 

प्रचण्डका ‘प्रचण्ड’ चुनौती 

महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो पूर्ण बैठकबाट अध्यक्ष पुनः पार्टी अध्यक्षमा नवीकृत भएका थिए । केन्द्रीय सदस्यबाट निर्विरोध अध्यक्ष बनेपछि केन्द्रीय समितिलाई सम्बोधन गर्दैगर्दा प्रचण्ड निकै भावुक देखिएका थिए । सम्बोधनको क्रममा पटक–पटक उनको गला अवरूद्ध भयो । आँखा रसाएका थिए । 

जिम्मेवारीबोधले हो वा फेरि पनि पार्टीको हाई–कमाण्डमा रहन पाएको खुशीमा प्रचण्ड भावुक थिए । अथवा, आफूलाई सबै केन्द्रीय सदस्यले सहयोग गरेकोमा उनीहरूप्रति अनुग्रहित भएका पनि हुन सक्छन् । जसले उनको गला अवरुद्ध पार्‍यो । बोली रोकियो । जब उनी आफूमाथि आएको जिम्मेवारी र समाजप्रतिको दायित्वको कुरा गर्थे, उनको बोली रोकिन्थ्यो ।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो लागि पार्टीको हाई–कमाण्ड यो नै अन्तिमपटक हुने बताए । आफ्नो उमेर सक्रियताको कारण नेतृत्वमा रहने अन्तिम अवसर भएको उनलाई बोध रहेछ ।

देशप्रतिको जिम्मेवारी, जनता र देशको विकासको जिम्मेवारी झन् धेरै बढेको छ । नेतृत्वका लागि मेरो अन्तिम अवसर हुनेछ । नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने । मेरो लागि उमेर अवस्थाको दृष्टिकोणले अन्तिम अवसर र अन्तिम चुनौती ठानेको छु ।’

१० वर्ष लामो सशस्त्र युद्धको पृष्ठभूमिमा बनेको पार्टी शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचन (२०६४)मा देशको सर्वाधिक ठूलो राजनीतिक दलको रूपमा स्थापित भएको थियो ।

प्रचण्डको नेतृत्वमा तत्कालीन एमालेसहितको सरकार बनेको थियो । करीब नौ महिनामा सरकार ढलेपछि माओवादीको ओरालो यात्रा शुरू भयो । 

पार्टीभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा मोहन वैद्यको नेतृत्वमा एउटा खेमा पार्टीबाट बाहिरियो । भलै, मोहन वैद्यको खेमा पनि एक ढिक्का रहन सकेन । 

२०७० को दोस्रोपटकको संविधान सभा निर्वाचनमा माओवादी केन्द्र तेस्रो दलको हैसियतमा खुम्चियो । निर्वाचन परिणाम नै अस्वीकार गर्ने घोषणा गरेर हिँडेको माओवादीले अन्ततः परिणाम नस्वीकारी धर पाएन ।

संविधान निर्माणपछिको पहिलो निर्वाचन २०७४ मा माओवादी केन्द्र र एमालेको गठबन्धन बन्यो । पार्टी एकतासम्मको सहमति गरेर उनी निर्वाचनमा सहभागी भए । 

दुई पार्टीको गठबन्धनलाई जनताले अनुमोदन गरिदिए । एमाले–माओवादी गठबन्धनले देशव्यापी चुनाव जित्यो । सरकार गठनका लागि सहज बहुमत आयो ।

२०७० मा प्रत्यक्षतर्फ २६ सिटमा खुम्चिएको माओवादी केन्द्र एमालेसँगको तालमेलका कारण प्रत्यक्षतर्फ ३६ सिटमा उक्लिएको थियो । तर, अबको निर्वाचनमा माओवादी केन्द्र एक्लै सहभागी हुँदा पार्टी २०७० को भन्दा नाजुक अवस्थामा पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सोहीकारण, आगामी चुनावमा वर्तमान सत्तारूढ गठबन्धन कायम राखेर जानुपर्ने तर्क प्रचण्डले गर्दै आएका छन् । प्रचण्डका लागि आगामी निर्वाचनमा पार्टीको सम्मानजनक स्थिति कायम राख्ने प्रमुख चुनौती छ ।

रूपान्तरणको चुनौती

माओवादी नेताहरू एजेण्डा र आन्दोलन बिर्सेर पद र सुविधा भोगी भएको भन्ने सोही पार्टीका कार्यकर्ताले आरोप लगाउने गरेका छन् । विशेषगरी, शीर्ष तहका नेताहरू आत्मकेन्द्रित व्यक्तिवादमा फसेको कारण पार्टी बिग्रिएको कार्यकर्ताको दाबी छ । 

प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि पार्टी कार्यकर्ता र नेतृत्वको जीवनशैली परिवर्तन हुनुपर्ने उल्लेख गरेका थिए ।  

प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता कार्यकर्ता र जनताबीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको हुन्छ ।’

त्यति मात्रै होइन, प्रचण्डले बेला बखत माओवादी र अन्य पार्टीमा भिन्नता देखिन छाडेको बताउने गरेका छन् । गत साउनमा भएको माओवादी केन्द्रको पूर्ण बैठकमा त प्रचण्डले माओवादी केन्द्रलाई अहिलेकै अवस्थामा राख्ने हो भने विघटन गरिदिए हुने समेत भनेका थिए ।

उनले उक्त विषयलाई आठौं महाधिवेशनको प्रतिवेदनमा पनि समेटेका छन् ।

‘जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूसँग खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ’, प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनैतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस, छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्छ ।’

प्रचण्डको यो पाँच वर्षे कार्यकालको मुख्य चुनौती नै यही हो । उनी आफैँले खुट्याएको यो समस्याको समाधान दिन सके भने प्रचण्ड उनैले भनेको ‘अन्तिम अवसर’मा सफल हुनेछन् ।

राजनीतिक प्रतिवेदनमा उनले आफ्ना तमाम कमजोरी र अयोग्यता स्पष्ट उल्लेख गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूमा भ्रम छर्नका लागि मात्रै उनले आफ्ना कमजोरी औंल्याएका हुन कि व्यावहारिकरूपमा नै सुधारिनका लागि भनेका हुन् आगामी दिनमा पुष्टि हुँदै जानेछ ।

उत्पादन बिग्रेडदेखि कृषि उद्यमसम्मका कुरा

माओवादीले २०६९ मा हेटौंडामा आयोजना गरेको राष्ट्रिय सम्मेलनले नेता कार्यकर्तालाई जनतासँग जोड्नका लागि उत्पादन ब्रिगेड बनाउने प्रस्ताव पारित भएको थियो । तर, हेटौंडाबाट फर्केपछि कुनै पनि नेता कार्यकर्ताले सम्मेलनको प्रतिवेदन पल्टाउने जाँगर गरेनन् । बरू माओवादी नेता कार्यकर्ता पद र पैसाको आशक्तिमा अल्मलिए ।

त्यसको करीब नौ वर्षपछि केही नौलो कुरा प्रस्ताव गरेका छन् ।

समाजवादको गोरेटो बनाउका लागि मुख्यरूपमा अर्थतन्त्रलाई दलाल र विचौलियाको हातबाट जोगाउनुपर्ने र पार्टीले नै उत्पादन र विकासको काममा हात हाल्नुपर्ने प्रचण्डको तर्क छ । 

त्यसका लागि हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरी एउटा कृषि उद्यम/उद्योग ६ महिनाभित्र स्थापना गर्ने प्रचण्डको योजनालाई महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् । प्रचण्ड योजना कार्यान्वयनको काउन्ट–डाउन शुरू भइसकेको छ । 

त्यति मात्रै होइन, प्रचण्डले आफ्नै मातहत रहने गरी एक शक्तिशाली उद्यम व्यवसाय परिचालन विभाग गठनको प्रस्ताव पनि अनुमोदन भएको छ । 

प्रदेशमा कम्तिमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी कृषि प्रशोधन तथा बजार केन्द्र, चिस्यान केन्द्र सम्बन्धी उद्योग स्थापना गर्ने योजना पनि महाधिवेशनबाट अनुमोदन भएको छ ।

यसरी, स्थापना भएको उद्योगमा पार्टीका नेता कार्यकर्ताले वर्षमा कम्तिमा १५ दिन बिताउनुपर्ने योजना ल्याएका छन् ।

समाजवादको आधार तयार पार्ने भनेर ल्याइएका यी योजना पनि हेटौँडाको उत्पादन बिग्रेड जस्तै हुने त होइन भन्दै महाधिवेशन प्रतिनिधिले बन्दसत्र हलमै प्रश्न गरेका थिए । 

प्रतिनिधिको त्यो आशंका मेट्नु प्रचण्डलाई महाभारत युद्ध जित्नुसरह हुनेछ । 

महाधिवेशनपछि बन्यो त क्रान्तिकारी विचार

प्रचण्डले पेश गरेको प्रतिवेदनमा नेताहरू राम कार्कीले पूरक प्रस्ताव र लेखनाथ न्यौपानेले फरक मत दर्ता गरेका थिए । महाधिवेशनले यी दुवै दस्तावेजलाई राजनीतिक प्रतिवेदनको अङ्ग बनाउने भनेको छ । 

न्यौपानेले त फरक मत राख्दै प्रचण्डको प्रतिवेदन महाधिवेशन प्रतिवेदन नै हुन नसकेको भनेका थिए ।

‘महाधिवेशनको अर्थ, मूल्य र गुरूत्व जुन हुन्छ, त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरूको हल दिन सक्दैन’, न्यौपानेले फरक मतमा भनेका थिए । 

महाधिवेशन क्रान्तिकारी विचार बनाउन सफल भयो कि भएन भन्ने प्रश्नमा नेता राम कार्की भन्छन्, ‘विचार उन्नत हुने भनेको उत्पादन संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगमा लागेका मान्छेहरूको बीचमा गहन घनिभूत छलफलपछि नै नयाँ कुरा अगाडि आउँछ । नयाँ विचार भनेको विलक्षण प्रतिभा भएको व्यक्तिको दिमागबाट फुत्त झर्ने कुरा होइन ।’

बुद्धले प्राप्त गरेको बुद्धत्वको उदाहरण दिँदै कार्कीले प्रस्ट्याए, ‘नेपालमा हाम्रो बुझाइ बडो गलत छ । बुद्धले पिपलको रूखमुनि बसेर ध्यान गरेका कारण ज्ञान आयो भन्ने सोचाई छ । त्यस्तो होइन । त्यतिबेला जति शास्त्रीहरू थिए । जति दर्शन थियो । उनीहरूसँगको विहंगम छलफल, समीक्षापछि बुद्ध त्यो निष्कर्षमा पुगेका हुन् । ज्ञानको घनिभूत छलफलको निष्कर्ष हो । हाम्रोमा पनि त्यो नभएसम्म अहिले प्राप्त गरेको आंशिक ज्ञान मात्रै हो ।’

क्रान्तिकारी विचार बन्यो कि बनेन भन्ने कुरा प्रचण्डले परिमार्जन गर्ने प्रतिवेदन हेर्नुपर्ने उनी बताउँछन् ।  

‘अध्यक्षले महाधिवेशन प्रतिनिधिको सुझाव पनि समेट्छु भन्नुभएको छ । त्यो कुन रूपमा आउँछ भन्ने हेर्नुपर्छ’, उनले भने । 

विचार क्रान्तिकारी भएर मात्रै पार्टी क्रान्तिकारी बन्न नसक्ने कार्की बताउँछन् । त्यो विचारलाई कार्यान्वयनमा लैजाने व्यक्ति पनि त्यही अनुसारको क्षमतावान हुनुपर्ने कार्कीले बताए ।  

‘विचार लिएर तल्लो तहमा जाने कस्तो मान्छे अध्यक्षले विन्याश गर्नुहुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । कमिटीमा कसरी जिम्मेवारी दिनुहुन्छ, त्यसले पनि निर्धारण गर्छ’, कार्कीले भने, ‘विचारको विकास गर्ने भन्ने तर, विचारप्रति अलिकति पनि चनाखो नभएको मान्छेलाई जिम्मेवारी दिएर विचार त बन्दैन ।’ 

प्रचण्ड ३५ वर्षयता अविच्छिन्नरूपमा पार्टी नेतृत्वमा छन् । अब पाँच वर्ष उनी पार्टी अध्यक्ष हुनेछन् । यस अवधिमा उनकै नेतृत्वमा शक्तिशाली पार्टी बनाउँछन् वा झन् कमजोर हुनेछन् भन्ने उनकै कार्यशैलीमा भर पर्छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

रुसले आफ्नो सीमासँग जोडिएका मुलुकहरूलाई प्रभावक्षेत्र मानेर अमेरिका तथा पश्चिमी सैन्य गठबन्धन नेटोलाई त्यहाँ उत्तेजक गतिविधि नगर्न आग्रह गर्दै आएको छ ।  विशेषगरी युक्रेनलाई प्रभावक्षेत्र मानेर रुसले त्यस दे...

माघ ७, २०७८

भारतको उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० देखि मार्च ७ सम्म विधानसभा निर्वाचन हुन लागेको छ । सात चरणमा मतदान भएपछि मतगणना मार्च १० मा गरिनेछ ।  प्रदेशका कुल ४०३ सीटमा प्रतिस्पर्धा हुन लागेको छ ।  ...

माघ १०, २०७८

स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्ने भनी निर्वाचन आयोगले प्रस्ताव गरे पनि सत्ता गठबन्धनले चुनाव पर धकेल्ने तयारी गरेको छ । गत पुस ३० गते आयोगले सर्वदलीय बैठकमार्फत उक्त प्रस्ताव गरेको दुई साता बित्न ल...

माघ १०, २०७८

युक्रेनको विषयमा रुस र पश्चिमबीचको तनाव चरममा पुगेको छ । युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै अमेरिका, बेलायत र केही अन्य पश्चिमी मुलुकहरूले सेना तथा हातहतियार युक्रेन र छिमेकी मुलुकहरूम...

माघ ७, २०७८

मधेशमा किसानका विभिन्न माग अघि सारेर आन्दोलन गरिरहेको जनमत पार्टीको प्रमुख निशानामा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ  । स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारमा समेत सहभागी  जसपामाथि नि...

माघ ९, २०७८

निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ५ गतेको मितिभित्रै स्थानीय तह निर्वाचन हुन नसके देशमा संवैधानिक संकट उत्पन्न उत्पन्न हुने चिन्ता संवैधानिक कानूनका विज्ञहरूले व्यक्त गरेका छन् । त्यस्तो भएमा देश संवैधानिक सं...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...