१२ असार २०८३, शुक्रबार

इरानको आत्मघाती ड्रोनलाई यसरी ध्वस्त पार्‍यो अमेरिकी सेनाले (भिडियो)

पुस २१, २०७८
इरानको आत्मघाती ड्रोनलाई यसरी ध्वस्त पार्‍यो अमेरिकी सेनाले (भिडियो)

इराकमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमणका लागि उपयोग गरिएको विस्फोटक सामग्रीयुक्त दुईवटा ड्रोनहरूलाई ध्वस्त पारिएको भिडियो सार्वजनिक भएको छ । 

मंगलवार भएको उक्त घटनामा अमेरिकाका सी–राम एयर डिफेन्स बलहरूले ड्रोनलाई खसाएका हुन् । इराकको राजधानी बग्दादको पश्चिममा रहेको ऐन अल–असद एयरबेसमा घटना भएको हो । 

यस्तै किसिमका ड्रोनहरू सोमवार पनि देखिएका थिए । तिनको पखेटामा सोलेमानीको बदला लेखिएको थियो । तिनलाई बीचैमा रोकिएको थियो । 

दुई वर्षअघि इरानका शीर्ष सैन्य अधिकृत कासेम सोलेमानीलाई बग्दाद विमानस्थल नजिक अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो । इरानले त्यसको प्रतिशोध लिन खोजिरहेको छ । 

इरानी ड्रोनहरूलाई ध्वस्त पार्ने सी–राम मशिनगन हो जसले एक मिनेटमा ४५ सय राउन्ड गोली प्रहार गर्न सक्छ । यसलाई चारैतिर घुम्ने बेसमा राखिएको हुन्छ र रेडारमार्फत निर्देशित तथा नियन्त्रित गरिएको हुन्छ । 

रेडार सिस्टमले कुनै पनि लक्ष्यलाई पत्ता लगाउने, त्यसको लेखाजोखा गर्ने, ट्य्राक गर्ने र त्यसमाथि आक्रमण गर्ने काम गर्छ । आक्रमणपछिको क्षतिलाई मूल्यांकन गर्ने क्षमता पनि यससँग छ । 
 

salt training

कमेन्ट गर्नुहोस्