०६ असार २०८३, शनिबार

जीप दुर्घटनामा १ जनाको मृत्यु

जीप दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु२च ४८२९ नम्बरको बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा बुधवार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए ।

शाहका अनुसार जीपमा सवार अन्य ८ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्