१३ असार २०८३, शनिबार

राजधानी नयाँदिल्लीमा एकैदिन थप १० हजार बढी कोरोना संक्रमित

पुस २१, २०७८
राजधानी नयाँदिल्लीमा एकैदिन थप १० हजार बढी कोरोना संक्रमित

भारतको राजधानी नयाँदिल्लीमा पछिल्लो २४ घण्टामा थप १० हजार ६६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अंग्रेजी नयाँ वर्षको शुरूसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

थप संक्रमितको संख्या १ जनवरीमा २ हजार ७९६, २ जनवरीमा ३ हजार १९४, ३ जनवरीमा ४ हजार ९९, ४ जनवरीमा ५ हजार ४८१ रहेको थियो । तर ५ जनवरीमा एकैदिन संक्रमित संख्या झण्डै दोब्बर बढेको छ ।

कोरोनाले थप ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीमा संक्रमणदर ११.८८% पुगेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्