×

NMB BANK
NIC ASIA

वन अधिकृतको अवैध कमाइ झन्डै आठ करोड

पुस २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट झन्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा वन अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टलाई ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । विष्टले गैरकानुनी रूपमा सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका अनुसार छानबिनको क्रममा विष्टले विभिन्न समयमा काठमाडौंलगायत विभिन्न स्थानमा २२ वटा घर बनाएर बिक्रीवितरण गरेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी, जग्गाका सयाैँ कित्तामा लगानी गरेको समेत पाइएको अख्तियारले जनाएको छ । उनले अख्तियारमा स्वआर्जन भन्दै २२ वटा घरमा लगानी भएको विवरण पेस गरेका छन् भने ८७ कित्ता जग्गामा लगानी गरेको समेत भेटिएको छ ।

Vianet communication
Laxmi Bank

उनले काठमाडाैं, भक्तपुर, कास्की, कञ्चनपुर, दाङ, कैलालीलगायतका जिल्लामा जग्गा खरिद गरेको समेत पाइएको छ । २२ वटा घरमा लगानी गरेका उनले १९ वटा घर बिक्री गरेका छन् भने तीनवटा घर अहिले पनि उनकै नाममा छन् ।

सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्य र पदाधिकारीले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रूख कटान गर्ने कार्यमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले दोषीमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सार्वजनिक लेखा समितिले पठाएको फाइलमा अख्तियारले पनि अनुसन्धान गर्दा विष्टले भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा दायर गरेको हो ।

विष्ट २७ वैशाख २०५५ मा वन सेवाअन्तर्गत सहायक वन अधिकृत राजपत्रांकित तृतीय श्रेणी प्राविधिक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । ६ चैत २०६८ मा उनी जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका थिए । १७ कात्तिक २०७७ सम्म उनी सुदूरपश्चिम वन निर्देशनालय, धनगढी, कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत थिए । अख्तियारले विष्टको सेवा प्रवेशदेखि हालसम्मको अवधिको सम्पत्तिको लेखाजोखा गर्दा पौने ७ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन देखिएपछि मुद्दा दायर गरेको हो ।

अख्तियारले छानबिन गर्दा सरकारी सेवा प्रवेश गरेदेखि १७ कात्तिकसम्म विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६ सय २९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७ सय ९ रुपैयाँ ९८ पैसा देखिएको थियो ।

विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको भन्दै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो दाबीसहित मुद्दा दायर गरेको छ । साथै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार दुई वर्ष कैद हुनुपर्ने माग गरेको छ ।

विष्टले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती रुबी जिसी (विष्ट)को नाममा राखेको अख्तियारले जनाएको छ । घरजग्गा तथा बैंक खाताहरूमा रहेको मौज्दातमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको भागको सम्पत्तिको बिगो साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख)बमोजिम जफत गर्न अख्तियारले माग गरेको छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x