
रेजेडआर १२५ एफआई स्कुटरले उच्चतम फ्यूल इफिसिएन्सीका लागि र्यालीको आयोजना गरेको छ।
महाराजगञ्जस्थित यामाहा शोरुमबाट सुरु भएको र्याली बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको पुगेको थियो।
र्यालीको विजेता प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बने। त्यसैगरी, प्रतिलिटर ७४ किमीका साथ भीम बहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। र, संजिता महर्जन प्रतिलिटर ७३.५ किमिका साथ तेस्रो भएकी छिन्।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो।
नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर(कूल्ड, फ्युल–इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ।
‘नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन्। तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन्। र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ,’ एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने।
रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ।
गत मंसिर १७ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ पहिलो बिजेता बनेकी थिइन्।