२६ जेठ २०८३, मंगलबार

हुम्लाका ४७ भन्दा बढी नेता–कार्यकर्ताले गरे माओवादी केन्द्र परित्याग, ओलीले एमालेमा गराए प्रवेश

हुम्लाका ४७ भन्दा बढी नेता–कार्यकर्ताले गरे माओवादी केन्द्र परित्याग, ओलीले एमालेमा गराए प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्वसदस्य छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसहित ४७ जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटबाट उनीहरूलाई पार्टी प्रवेश गराएका थिए । 

दोर्ची २०६४ सालको संविधानसभामा हुम्लाबाट सभासद् बनेका थिए । उनको नेतृत्वमा ४७ जना भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ५ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत छन् । 

पार्टी प्रवेश कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्