१७ असार २०८३, बुधबार

चुनाव आउँदै, साढे ८ लाख मतदाता थपिए

पुस २२, २०७८
चुनाव आउँदै, साढे ८ लाख मतदाता थपिए

निर्वाचन आयोगको मतदाता नामावली  सङ्कलन  विशेष अभियानअन्तर्गत  आठ  लाख  ४९  हजार   ७५३   जनाले   नामावली   दर्ता  गराएका  छन्  ।  आयोगको  एकमहिने विशेष अभियान मङ्सिर १७  गते  सुरु  भई  पुस  २०  गते  सम्पन्न भएको छ । आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले  जिल्ला  दर्ता  कार्यक्रममार्फत करिब आठ लाख १७  हजार  र  बाह्य  जिल्ला  दर्ता  (ओडीआर)  मार्फत  ३२  हजार  जनाको नामावली थपिएको जानकारी दिए ।  
गोरखापत्रका अनुसार  सबैभन्दा  बढी प्रदेश २ बाट करिब दुुई लाख २९ हजार जनाले नाम दर्ता गराएका छन् । लुम्बिनी प्रदेशबाट एक लाख ८३ हजार र प्रदेश १ बाट एक लाख २२ हजारले नामावली दर्ता गराएका छन् । बागमती प्रदेशमा करिब एक लाख ३८ हजार जनाको नामावली सङ्कलन  गरिएको  आयोगले  जनाएको छ । आयोगले  स्थानीय  तहमै  पुुगेर  मङ्सिर  १७  देखि  १६  वर्ष  उमेर पुुगेका नागरिकको नामावली विवरण  सङ्कलन  सुरु  गरेको  थियो । स्थानीयदेखि संघीय निर्वाचन निकट भविष्यमै हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्