२६ असार २०८३, शुक्रबार

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयाघातबाट निधन

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयाघातबाट निधन

नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ ।

जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको एमालेले जनाएको छ ।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्