१० असार २०८३, बुधबार

मोटरसाइकलको ट्यांकीभित्र ३८ लाख रूपैयाँ, एक जना पक्राउ

मोटरसाइकलको ट्यांकीभित्र ३८ लाख रूपैयाँ, एक जना पक्राउ

धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रूपैयाँसहित एक युवक बिहीवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१, सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । 

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रदेश–२–०२००१प ०४८०८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका  छ ।

salt training

कमेन्ट गर्नुहोस्