०९ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उनीहरूबीच कुराकानी भएको थियो ।

मन्त्रालयका अनुसार उनीहरुबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्