०४ असार २०८३, बिहीबार

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण शुक्रबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानहरुमा हल्का वर्षा र हिमपात भएको छ।
यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्