०७ असार २०८३, आइतबार

नारायणहिटीको रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

पुस २३, २०७८
नारायणहिटीको रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयभित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिका सदस्यमा मन्त्रालयका तीन उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा रहेका छन् भने सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए ।मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्