०४ असार २०८३, बिहीबार

सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा बिहीवार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका-७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा-५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१०२००१ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । सवारीसाधन र बस चालक प्रहरीको नियन्त्रणमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्