०२ साउन २०८३, शनिबार

पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिसको मुख्य प्रायोजकमा केबी साम

पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिसको मुख्य प्रायोजकमा केबी साम

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजनबापत प्रालिले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रालिका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान बज्राचार्यलाई २ लाख बराबरको चेक शुक्रवार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत बेगानीले सामाजिक उत्तर दायित्यअन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताउँदै खेलकुदसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

प्रमुख कार्यकारी अधिकृत बेगानीले सहयोग थोरै भए पनि प्रतियोगिता आयोजना गर्न केही सहज हुने बताए ।

अध्यक्ष बज्राचार्यले मुख्य प्रायोजनका लागि प्रालिलाई धन्यवाद दिँदै यस्तै सहयोगले खेलकुद गतिविधिलाई अगाडि बढाउन टेवा पुग्ने धारणा व्यक्त गरे ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरू हुँदैछ । खुला पुरुष/महिला सिंगल्ससहित पुरुष/महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुला पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने २ जनाले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगितामा करीब ७०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्