
१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २/२ र उर्लाबारीमा १, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१, झापाको शिवसताक्षी र बिर्तामोडमा १/१ र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
१ नम्बर प्रदेशमा शुक्रवार ९ महिलासहित १६ कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।