०६ असार २०८३, शनिबार

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर : प्रधानमन्त्री

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन् । उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याए।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो अडान स्पष्टरूपमा राखेको बताए ।

जलवायु परिवर्तन र यसले पारेको प्रभावलाई न्यून गर्न सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले सक्रिय सहभागिताका लागि आग्रह गरे ।

प्रधानमन्त्री देउवाले सरकारले पनि अल्पकालीन र दीर्घकालीन योजनाका साथ जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्