
भारतका लागि निवर्तमान नेपाली राजदूत निलाम्बर आचार्यले लिपुलेक–लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएकाले चुप बस्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आचार्यले आफूलाई दुख्दा प्रतिक्रिया जनाउनुपर्ने बताए ।
उनले लेखेका छन्, ‘के नेपाल चुप छ ? चुप बस्न हुँदैन, बोल्नुपर्छ तर के, कहाँ, कहिले र कसरी बोल्ने विचार पुर्याउनुपर्छ । आफूलाई दुख्दा प्रतिक्रिया जनाउनुपर्छ । लिपुलेक–लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएको छ । आशा छ, आधिकारिक स्तरमा पुनः उपयुक्त प्रतिक्रिया जनाइएको होला ।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने काम अगाडि बढेको अभिव्यक्ति दिएका थिए ।
के नेपाल चुप छ?
— Nilamber Acharya (@nilacharya) January 8, 2022
चुप बस्न हुँदैन, बोल्नुपर्छ।
तर, के, कहाँ, कहिले र कसरी बोल्ने विचार पुऱ्याउनुपर्छ।
आफुलाई दुख्दा प्रतिक्रिया जनाउनुपर्छ।
लिपुलेक-लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएको छ।
आशा छ, आधिकारिक स्तरमा पुनः उपयुक्त प्रतिक्रिया जनाइएको होला।