०३ साउन २०८३, आइतबार

हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइयो, राष्ट्रसंघद्वारा निन्दा

हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइयो, राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको छ । 

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रवार पत्रकार सम्मेलन गर्दै भने, 'हामी यस विभत्स हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं'

उनले अपराधीलाई पत्ता लगाई न्यायको कठघरामा ल्याउन पनि भनेका छन् । 

'यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ,' डुजारिकले थपे।

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारलाई एक आपराधिक समूहले जलाएर हत्या गरेका थिए । 

अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको बताइएको छ । 

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक संकट गहिरिँदै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्