
नेकपा एमालेको झापा जिल्ला कमिटीको अध्यक्षमा दिपक कार्की निर्वाचित भएका छन् ।
झापा जिल्लाको १०औं जिल्ला अधिवेशनबाट कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरिएको छ ।
एमालेले पुस २३ गते सबै जिल्लामा एकैपटक जिल्ला अधिवेशन उद्घाटन गरेको थियो ।
झापा एमालेमा प्रेम गिरी उपाध्यक्ष, शिव ढुंगेल सचिव, चन्द्रा श्रेष्ठ र अशारु राजवंशी सर्वसम्मत निर्वाचित भएको झापाका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका सचिवालय सदस्य इन्द्र आचार्यले जानकारी दिए ।