२८ असार २०८३, आइतबार

एमाले मोरङमा पोखरेलको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित

एमाले मोरङमा पोखरेलको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले मोरङ जिल्लाको नवौं अधिवेशनबाट ऋषिकेश पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

एमालेले पुस २३ गते देशभर जिल्ला अधिवेशन आयोजना गरेको थियो । सोही क्रममा मोरङको नवौं जिल्ला अधिवेशन आयोजना गरिएको हो । 

अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेको थियो । 

उनीहरू मात्रै उम्मेदवार बनेपछि निर्वाचन आयोगले निर्विरोध पदाधिकारी निर्वाचित भएको घोषणा गरेको थियो । 

निर्वाचित अनुहारमध्ये पोखरेल, कार्की, खतिवडा जिल्ला कमिटीका पुरानै अनुहार हुन् । उनीहरू जिल्ला अधिवेशन आयोजक कमिटीमा रहेका थिए । सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह नयाँ अनुहार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्