०५ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित सीमा ईलाकाबाटे सशस्त्र प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सुशिल ओझा र २६ वर्षिय राज बहादुर सुनार छन् ।
    सु.प्र.प. ०१–००८ प ९७३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
    पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्