दक्षिण अफ्रिकामा अवतरण गर्न लागेको जेटस्ट्रीम ४१ विमानमा चरा ठोकिएपछि अद्भुत दृश्य देखिएको छ ।
चरा ठोकिएपछि विमानको झ्यालको शीशा फुटेको थियो । ठोकिँदाखेरी कुनै विस्फोट भएको जस्तो आवाज सुनिएको थियो ।
घटनाका कारण विमानलाई क्षति पुगेको छ । झ्यालका टुक्राहरू विमानभित्र चारैतिर छरिएका थिए ।
सानो चराले यति ठूलो क्षति गराउन सक्ने रहेछ भनेर यात्रुहरू पनि छक्क परेका छन् । यात्रु र विमान कर्मचारी कसैलाई पनि चोटपटक लागेको छैन ।