×

NMB BANK
NIC ASIA

विपद् प्रभावितलाई आपतकालीन उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम अलपत्र रहेका बेला प्रदेश १ मा हेलिकप्टर खरिद प्रक्रिया शुरू भएको छ । 

Muktinath Bank

आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने हेलिकप्टर खरिदका लागि प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारले नै इटहरीको पूर्वी पृतनामा एउटा हेलिकप्टर राखेको छ । आपतकालीन उद्धार तथा राहतका लागि भनेर उक्त हेलिकप्टर राखिएको हो ।


Advertisment
Nabil box
Kumari

संघीय सरकारसँगको समन्वयमा उक्त हेलिकप्टर प्रदेश सरकारले प्रयोग गर्ने गरेको छ । आन्तरिक मामिला मन्त्री संयोजकत्वको सुरक्षा समितिको निर्णयानुसार उक्त हेलिकप्टर उडाउने गरिएको छ ।

Vianet communication

अहिले हेलिकप्टर खरिदको विषयलाई लिएर सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । हेलिप्याडको योजना अलपत्र रहेका बेला थप हेलिकप्टरको आवश्यकता नरहेको आलोचकहरूको तर्क छ ।

मन्त्रालयकै कर्मचारी पनि हेलिकप्टर खरिदको कुरा कमिसनसँग जोडिएको हुनसक्ने आशंका गर्छन् ।

‘पूर्ववर्ती सरकारका पालामा पनि हेलिकप्टर खरिद गर्नुस् भन्न ५ वटा कम्पनी आएका थिए, त्यतिबेला हामीले तत्काल यो प्रक्रिया अगाडि बढाउनु हुँदैन भनेर सुझाव दिएका थियौं,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘मन्त्रीज्यूलाई कमिसनको लोभ देखाएर तिनै व्यापारीहरूले प्रभावित पारेको हुन सक्छन् ।’

हेलिप्याड अलपत्र

केपी शर्मा ओली नेतृत्वको तत्कालीन संघीय सरकारले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम ल्याएको थियो ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५/७६ को बजेटमा हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराएको जग्गामा हेलिप्याड निर्माण गर्ने भनी कार्यक्रम समेटेका थिए ।

त्यही कार्यक्रमलाई प्रदेश १ का तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पनि निरन्तरता दिएका थिए ।

विपद् व्यवस्थापन तथा राहत र उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने उनले बताउने गरेका थिए ।

तर, अहिलेसम्म कतै हेलिप्याड बनेको छैन । यद्यपि अहिलेको सरकारले पनि हेलिप्याड बनाउने कार्यक्रम अगाडि बढाउने वाचा भने गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x