
साताको पहिलो दिन (आइतवार) शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ ।
आइतवार शेयर बजार मापक नेप्से परिसूचक ७३.०५ अंकले बढ्दै २७६५.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन ठूला कम्पनीका शेयर मापक सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढ्दै ५१९.३७ विन्दुमा पुगेको छ ।
आइतवार कारोबारमा आएका कम्पनीहरूमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।
यस्तै १ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आइतवार कुल २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीलाई उछिन्दै २ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आइतवार कारोबारका आधारमा अपि पावर कम्पनी लिमिटेडको २९ करोड २२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।