२४ जेठ २०८३, आइतबार

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले शुरू गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ । 

थापाले पृथ्वी जयन्तीको अवसर पारेर अभियान शुरू गर्न लागेका थिए । कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको थापाले जानकारी दिएका छन् । 

‘पौष २७ मा शुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्