
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ ।
डिश मिडिया नेटवर्क ले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।
नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लब प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।
सो अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने,पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैंकर वर्षा श्रेष्ठ रहेका थिए ।