×

NMB BANK
NIC ASIA

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किएको ६ महिना बित्यो तर, देशको राजनीतिमा अझै उनी नै निर्णायक पात्रको रूपमा अघि आएका छन् ।

Muktinath Bank

दुईपटक संसद् विघटन गरेका ओलीलाई सत्ताबाट हटाउँदा गठबन्धनका दलहरूले अहिलेको जस्तो राजनीतिक अप्ठ्यारो झेल्नुपर्ने सायदै कल्पना गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कातिर, ओलीमा पनि आफूलाई सत्ताबाट बहिर्गमन गराउने राजनीतिक दलहरूप्रतिको आक्रोश चरमचुलीमा थियो । 


Advertisment
Nabil box
Kumari

त्यसैले ओली राजनीतिको टाङ अड्काउने उपायको खोजीमा थिए । एमालेको विभाजन र सांसदलाई गरिएको कारवाही प्रकरणले एमालेलाई त्यो ठाउँ दियो । अर्कातर्फ, राजनीतिक दलहरूले गठबन्धन गरेर एमालेलाई एक्ल्याउँदै सबैतिर सडकमा पुर्‍याइदिएको रिस अहिले पनि एमाले नेताहरूलाई छ ।

Vianet communication
Laxmi Bank

संघीय सरकारदेखि प्रदेश सरकारसम्म गठबन्धनले एमालेलाई क्रमशः प्रतिपक्षी बेञ्चमा पुर्‍याइदियो । आगामी माघ १२ मा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनबाट पनि एमालेले राष्ट्रिय सभामा कम्तिमा ५ सिट गुमाउने पक्का छ । प्रदेश १ का ३ सिटमा समेत जीत निकाल्न नसकेमा त्यो संख्या आठ पुग्ने छ ।

संवैधानिक निकायबाहेक सबै राजनीतिक नियुक्ति अहिलेको सरकारले उल्ट्याइदिएको छ । ओली नेतृत्वको सरकारले गरेका सबैजसो महत्त्वपूर्ण निर्णय पनि शेरबहादुर देउवा क्याबिनेटले उल्ट्याइसकेको छ । संसद्मा सबैभन्दा ठूलो दलको हैसियत रहेको एमाले राजनीतिक व्यवहारमा भने निरिहजस्तै हुन पुगेको थियो ।

राष्ट्रिय राजनीतिमा एक्लिएको चिन्ता एमालेगणमा रहेको तथ्य पार्टी अध्यक्ष ओलीले कांग्रेस नेता रामचन्द्र पौडेलसँगको संवादमा ओकलेका थिए । गत बुधबार प्रधानमन्त्रीको दूतको रूपमा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका पौडेलसँग ओलीले गठबन्धन बनाएर एमालेलाई एक्ल्याइएकोप्रति रोष प्रकट गरेका थिए ।

संसद्को अवरोध हटाउन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि सहयोग गरिदिन भन्दै पौडेल बालकोट पुगेका थिए । पौडेलसँगको भेटमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संवाद नै गर्न नचाहेको ओलीले बताएका थिए ।

पौडेलसँगको मात्रै संवादमा राजनीतिक समस्याको निकासका लागि तयार नभएको घुमाउरो जवाफ दिएर ओलीले पौडेललाई बिदा गरे । पौडेलले त्यसको रिपोर्टिङ प्रधानमन्त्री देउवालाई गरेपछि उनी ओलीलाई भेट्न राजी भएका थिए । 

हुन त यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूहरूले बोलाएको बैठकमा ओली नआए उनलाई भेट्न बालकोट नै जाने बताएका थिए । 

प्रधानमन्त्री देउवाले दुईपटक सर्वदलीय बैठक राखेर ओलीलाई सहभागिताका लागि आमन्त्रण गरेका थिए । एमालेले भने सर्वदलीय बैठकमा बस्न अस्वीकार गरेको थियो । 

पौडेलको रिपोर्टिङपछि भने देउवा ओलीलाई भेट्न शनिवार बिहान बालकोट पुगे । ओली निवासमा ‘वान टु वान’ छलफल गरेका दुई नेताबीच के–के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर, दुवै नेता निकट स्रोतका अनुसार, संसद् सुचारू गराउने र एमसीसी अघि बढाउने विषयमा प्रारम्भिक कुराकानी भएको छ । आगामी दिनमा सरकार र प्रतिपक्षको संवादलाई निरन्तरता दिन पनि उनीहरू राजी भएका छन् ।

जे होस्, सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताबीचको संवादहीनता टुटेको छ । ओलीलाई विस्थापन गरेर सिंहदरबारको बागडोर लिएका देउवा र ओलीबीच यस अवधिमा संवाद नै नभएको भने होइन । गत मंसिरमा भएको एमाले महाधिवेशनमा सहभागी हुन देउवा चितवन पुगेका थिए भने कांग्रेसको महाधिवेशनमा ओली अतिथि बनेका थिए । 

त्यसबेला उनीहरूबीचमा गम्भीर राजनीतिक विमर्श भने हुन पाएको थिएन । प्रधानमन्त्री देउवाको दूतको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ओलीलाई दुईपटक भेटेका थिए । ती दुवै भेटमा सरकार, राजनीतिक दल र सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर ओलीले कार्कीसँग चर्को असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि, त्यसबेला देउवाले कार्कीलाई प्रतिपक्षसँगको सम्बन्ध सुधारका लागि बालकोट पठाएका थिए ।

देउवाको बाध्यता

गठबन्धनको बलमा शेरबहादुर देउवा प्रधानमन्त्रीको भूमिकामा छन् । तर, उनलाई राज्य चलाउन फलामको च्युरा चपाउनुसरह भइरहेको छ ।

प्रमुख प्रतिपक्षको असहयोगका कारण संसद् चल्न सकेको छैन । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही सभामुख अग्नि सापकोटाका कारण कार्यान्वयन नभएको र सापकोटाको भूमिका पनि सन्तुलित नरहेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ । कि त सांसदलाई कारवाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने विषयलाई एमालेले बटमलाइन बनाएको छ । 

गठबन्धनका लागि दुवै विषय असम्भव प्रायः छ ।

प्रधानमन्त्री भएको नाताले एमालेको चासो सम्बोधन गरिदिनु पनि प्रधानमन्त्री देउवाको बाध्यता हो । आफूलाई भेट्नै नचाहेको गुनासो ओलीले गरेपछि देउवा शनिबार ओली निवास पुगेका थिए । त्यसबेला ओलीले एमालेको अडान स्पष्ट रूपमा राखेको एमाले नेताहरूले बताएका छन् ।

प्रमुख प्रतिपक्षले सहयोग नगरेसम्म संसद्मा पेश भएका विधेयक अगाडि बढ्ने अवस्था छैन । त्यतिमात्रै होइन, गठबन्धनले सबैभन्दा ठूलो उपलब्धि भनेको पुनःस्थापित संसद् गतिरोध विना पूर्णकार्यकाल चलाउनु प्रतिष्ठाको विषय बनेको छ । तर, प्रतिपक्षको सहयोगविना त्यो सम्भव छैन । 

कांग्रेस नेताहरू ओलीले पुरानै कुरा दोहोर्‍याएको बताउँछन् । प्रधानमन्त्री र आफूसँगको भेटमा पनि एमाले अध्यक्ष ओलीले पुरानै कुरा दोहोर्‍याएको कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

‘हरेक भेटमा उहाँ(ओली)ले आफ्नौ गुनासो दोहोर्‍याउने गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि उहाँ संसद् खुलाउन तयार भइसक्नुभएको छैन । माधव नेपालहरूलाई संसदबाट हटाउनुपर्छ भन्नेमै हुनुहुन्छ । संवादहीनता टुट्यो, अहिलेका लागि त्यो नै सफलता हो’, पौडेलले भने । 

प्रधानमन्त्री देउवाले एकलरूपमा निर्धक्क काम गर्न पाएका पनि छैनन् । उनको भूमिका गठबन्धनमा बाँधिएको छ । जुनसुकै निर्णयमा पनि गठबन्धनमा रहेका दलहरूको सहमति चाहिन्छ । 

पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी कुनै पनि हालतमा संसदबाट अनुमोदन गराउने प्रयासमा लागेका छन् । गठबन्धनमै रहेका दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विरोधमा छ ।

कांग्रेसभित्रकै एउटा समूह सकेसम्म चाँडो संघीय संसद्को निर्वाचनमा जानुपर्ने पक्षमा छ । 

२०७४ को निर्वाचनमा पराजय बेहोरेका नेताहरू अहिले निर्वाचनमा जाँदा कांग्रेसको पल्ला भारी हुने विश्लेषणमा छन् । देउवा स्वयं पनि निर्वाचनमा जान तयार छन् । तर, उनको रूचिले मात्रै निर्वाचन सम्भव छैन । 

गठबन्धनमै रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अहिल्यै निर्वाचनका लागि तयार देखिएका छैनन् । अर्कोतर्फ, संसद्लाई पूर्ण कार्यकाल चलाउनुपर्छ भनेर सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएकाले पनि तत्काल चुनाव गर्न सम्भव देखिएको छैन । 

अहिले नै संसद् विघटन गरेर निर्वाचनमा जान नैतिकरूपमा पनि देउवालाई अप्ठ्यारो छ । आइलागेको प्रधानमन्त्री पद देउवाको लागि साह्रै चुनौतीपूर्ण बनेको छ ।

यस्तो परिस्थितिमा देउवा प्रमुख प्रतिपक्ष दललाई फकाउने प्रयासमा लागेका छन् । जुन देउवाका लागि बाध्यता हो । 

बालकोटको बल

गठबन्धनमा रहेका दलका नेताहरूले सार्वजनिक सम्बोधनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई ठेगान लगाइएको बताउने गरेका छन् । 

संघीय सरकारदेखि प्रदेश सरकारसम्म एमालेलाई विस्थापन गरिएको उनीहरूको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले र ओलीलाई ठेगान लगाइएको बताउने गरेका छन् । 

तर, एमाले र अध्यक्ष ओलीले भने गठबन्धन र सरकारलाई पाइलैपिच्छे अवरोध गरिरहेका छन् । ६ महिनायता प्रधानमन्त्रीलगायत कांग्रेसका नेताहरू नै चारपटक त ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रमुख प्रतिपक्षले सहयोग नगरेसम्म संसद्मा पेश भएका विधेयक अगाडि बढ्ने अवस्था छैन । त्यतिमात्रै होइन, गठबन्धनले सबैभन्दा ठूलो उपलब्धि भनेको पुनःस्थापित संसद् गतिरोध विना पूर्णकार्यकाल चलाउनु प्रतिष्ठाको विषय बनेको छ । तर, प्रतिपक्षको सहयोगविना त्यो सम्भव छैन । 

अर्कातर्फ, एमाले जसरी पनि सत्तारूढ गठबन्धन भत्काउने प्रयासमा छ । यसअघि एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमै गठबन्धन छाडेर आउँदा कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने बताइसकेका छन् । त्यसबाहेक, एमसीसीलाई एमालेले गठबन्धन भत्काउन सकिने हतियारको रूपमा प्रयोग गर्न खोजेको देखिन्छ ।

एमालेका एक नेता भन्छन्, ‘पार्टीको अडान अध्यक्षले स्पष्ट रूपमा राख्नुभएको छ । हामीले अहिले संसद् चल्न दिने पक्षमा छैनौ । हामीले संसदीय मर्यादाको सामान्य विषय उठाएको हो, त्यसको सम्बोधन हुनुपर्छ । प्रधानमन्त्रीले पार्टी अध्यक्षसँग संवाद थाल्नुभयो, त्यो राम्रो कुरा हो ।’

आफैँले पटक–पटक विघटन गरेको संसदलाई सार्थकरूपमा चल्न नदिन ओलीको प्रस्ट संकेत छ । त्यसमा एमाले अहिलेसम्म आंशिक रूपमा सफल पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x