
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको सीसीएमसीको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले लोकान्तरलाई जानकारी दिइन् ।
आगामी माघ ३ गतेबाट होटल रेष्टुरेन्ट र सरकारी कार्यालयमा जाँदा खोप कार्ड अनिवार्य चाहिने व्यवस्था गर्ने निर्णय भएको नेपालले जानकारी दिइन ।
त्यसैगरी, स्मार्ट लकडाउनको कार्यविधि गृहमन्त्रालयमार्फत कडाइका साथ पालना गराउन निर्देशन दिने निर्णय भएको उनले जानकारी दिइन ।
पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या उच्च दरमा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण भएको छ ।
सीसीएमसीले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै अत्याधिक भीडभाड हुने ठाउँ केही दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।