×

NMB BANK
NIC ASIA

पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

पुस २६, २०७८

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ ।

Muktinath Bank

नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव माग गरेको छ । मन्त्रालयले संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक सुशासन, श्रम बजार, समावेशीकरण र गरीबीका लागि बजार, व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण, गुणस्तरीय पूर्वाधारहरू, मापदण्डहरू र कार्यान्वयनजस्ता विकासमा सुझाव माग गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धनमा वस्तु र सेवा व्यापारमा रहेर सुझाव उपलब्ध गराउन मन्त्रालयले सरोकारवालालाई आग्रह गरेको छ । नेपालका निर्यातका सम्भावना भएका वस्तु तथा सेवाहरूको निर्यात प्रवर्द्धन गर्नका लागि रणनीति तयार गरिने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार बढ्दो व्यापारघाटा कम गर्ने उद्देश्यले नै यो रणनीति तयार गर्न लागिएको छ ।


Advertisment
Nabil box
Kumari

यसमा विभिन्न तीनओटा अवधारणापत्र विज्ञहरूले प्रस्तुत गर्ने र निजीक्षेत्रको सल्लाह सुझाव पनि लिइने उनले बताए । सरकारले सन् २००४ देखि यस्ता रणनीतिहरू बनाउँदै आए पनि अपेक्षाअनुसार निर्यातमा फड्को मार्न सकेको छैन । नेपालले निर्यातलाई जोड दिँदै त्यसबेला डाइग्नोस्टिक ट्रेड इनिग्रिटी स्टडिज (डीटीआईएस) बनाएको थियो । त्यसको ६ वर्षमा अर्थात् सन् २०१० मा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तयार गरेको थियो भने यसलाई समीक्षा गर्दै सन् २०१६ मा निर्यातयोग्य वस्तुहरूको संख्या घटाउँदै ९ मा झारिएको थियो ।

Vianet communication

अहिले यो नीतिलाई समीक्षा गर्दै र संघीयता र नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख हुँदै गर्दा केके विषयमा ध्यान दिनेजस्ता पक्षलाई लिएर पाँचवर्षे रणनीतिको तयारी गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिले एनटीआईएसमा भएका वस्तुहरूमा अलैंची, अदुवा, चिया, फुटवेयर, जडीबुटी, छालाका उत्पादनहरू, पश्मिना, फेब्रिक र कार्पेट छन् । यीमध्ये कृषिजन्यभित्र पर्ने अदुवा, चिया, अलैंची, जडीबुटीको निर्यातमा मात्रै वृद्धि देखिए पनि अन्य वस्तुको निर्यात औसत रहेको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x