×

NIC ASIA

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

पुस २६, २०७८

Prabhu Bank
NTC
Premier Steels

बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो ।

Muktinath Bank

विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा रोक लगाउने समितिको तयारी छ । जीवन बीमा कम्पनीहरूलाई भने केही सहजता प्रदान गरिने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

विशेषगरी निर्जीवन बीमातर्फ कोरोना बीमाको दाबी भुक्तानी हुन सकेको छैन । त्यसबापत झण्डै १० अर्ब भुक्तानी हुन बाँकी छ । सोही विषयलाई दृष्टिगत गरेर निर्जीवन बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा पूर्ण रोक लगाउने तयारी गरिएको हो ।

Vianet communication

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी भएको बताए । यस सम्बन्धमा यसै साता निर्देशन नै जारी हुने उनको भनाइ छ ।

‘कोरोना महामारी अझै कायम छ । यो अवस्थामा कम्पनीलाई अझ बलियो बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाउन लागेका हौं । बोनस शेयर वितरण गर्न भने हाम्रो कुनै बाधा हुने छैन ।’ उनका अनुसार कम्पनीहरूले नगद लाभांश नदिए पनि बोनस शेयर बाँड्न सक्नेछन् ।

नगद लाभांशमा रोक लगाउनुको कारण कम्पनीको पूँजी वृद्धि गर्ने योजना पनि रहेको पौडेलले बताए । ‘बीमा कम्पनीहरूमा रिस्कबेस क्यापिटलको आवश्यकता देखिइसकेको छ । त्यसका लागि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनैपर्ने हुन्छ,’ उनले भने, ‘सोही योजनामा सहयोग पुग्ने गरी अहिलेलाई नगद लाभांशमा रोक लगाएर बोनस शेयर दिन दबाब दिन लागेका हौं ।’ निकट भविष्यमा बोनस शेयर, हकप्रद शेयरबाटै कम्पनीहरूको पूँजी वृद्धि योजना ल्याइने उनको भनाइ छ ।

यस्तै, समितिले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश वितरण गर्न नदिने निर्णय पनि गरिसकेको छ । उक्त कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । अहिले नगद लाभांशमा रोक लगाउने नीति ल्याउन लागेपछि समितिले आइतवार उक्त निर्णय गरेको हो । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x