२२ जेठ २०८३, शुक्रबार

गुल्मीमा पशु सेवा विज्ञ केन्द्र स्थापना

गुल्मीमा पशु सेवा विज्ञ केन्द्र स्थापना

गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । संघीय संरचनापछि पशु सेवा कार्यालय हटेको थियो ।

भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पामार्फत गुल्मीमा सम्पर्क कार्यालय थियो, जसकारण गुल्मीका नागरिकले पशु स्वास्थ्य र सेवाको लागि निकै दुःख पाएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिरहेको छ । 

गुल्मीमा स्थापना गरिएको केन्द्रको लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले केन्द्रको उद्घाटन गरिन् । उनले केन्द्रको उद्घाटन गर्दै मन्त्रालयको आलोचना गरेर मात्रै समस्या समाधान नहुने बताइन् । 

उनीहरूले प्रदेश सरकारले पहाडी जिल्लाहरूलाई उपेक्षा गरिरहेका कारण ५ वर्षपछि फेरि कार्यालय स्थापना हुँदा खुशी मनाउनुपर्ने स्थिति रहेको बताए । भर्खरै स्थापना भएको विज्ञ केन्द्रको सेवा हरेक किसानको गोठसम्म पुग्नुपर्ने दलहरूको जोड छ ।
 

salt training

कमेन्ट गर्नुहोस्