
नेपाली सेनाले सिरहाको गोलबजार न.पा. वडा नं.९ र ११ मा बसोवास गर्ने गरिब तथा विपन्न समुदायहरुलाई राहत वितरण गरेको छ । बलकावा ईलाकामा शितलहरबाट प्रभावित उनीलाई नं. २७ बाहिनी अड्डा तथा अन्तर्गतका युनिटहरुको आपसी समन्वय तथा सहकार्यमा सोमबार खाद्यान्न, न्यानो कपडा तथा ब्ल्याङकेट वितरण गरिएको हो ।
उक्त कार्यमा HESRA Nepal, नेपाल रेडक्रस सोसाईटी र AZIZZ Foundation Kathmandu को समेत सहयोग रहेको थियो ।
त्यसैगरी, पाँचथरमा तैनाथ नेपाली सेनाको रणशेर गणले पनि पुस २३ गते फालेलुङ्ग गाँउपालिका, वडा नं. ५, प्राङ्गबुङ्गस्थित कालिका मा.वि. मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र/छात्राहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।