१७ असार २०८३, बुधबार

पाहुना आएका व्यक्तिको हत्या, एक वृद्ध पक्राउ

पाहुना आएका व्यक्तिको हत्या, एक वृद्ध पक्राउ

मोरङको लेटाङमा पाहुना आएका वृद्धको हत्या आरोपमा अर्का एक जना वृद्ध पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो । 

सोमवार साँझ भुजेलको आँगनमा  बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना बनेर आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ । 

भुजेलले शव घिसारेर घर नजिकैको बाँसघारीतिर लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको घर लेटाङमै हो ।

सोमवार बेलुका भुजेल र बुढाथोकी घरमै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछि विवादका कारण हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । 

भुजेललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्