
मंगलवार शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ ।
यस दिन नेप्से परिसूचक ४९.१९ अंकले बढ्दै २८३४.१३ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ६.३४ अंकले बढ्दै ५२८.८७ विन्दुमा पुगेको छ ।
यस दिन २ सय ३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ ।
यस दिन १७० कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ भने एक कम्पनीको स्थिर छ ।
यस दिन ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेको छ ।