२४ जेठ २०८३, आइतबार

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण जारी राखेकोप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलवार विज्ञप्ति प्रकाशन गरी भारतीय पक्षबाट नेपाली भूमिमा सडक निर्माणलाई तीव्रता दिएकोप्रति आपत्ति जनाएका हुन् । 

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग नेपालमा फिर्ता ल्याउन सरकारले विगतमा कूटनीतिक पहल शुरू गरेको तर, अहिले सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् । 

‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतले नेपालको भूमिमा बनाइरहेको सडक संरचनाको काम तत्काल बन्द गर्नुपर्ने उनले बताए । ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,’ उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्