
माघ ७ गतेदेखि सार्वजनिक स्थलमा निस्किन खोप कार्ड अनिवार्य गरिएको छ । बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमाहल, रंगशाला हवाईयात्रा, पार्क जस्ता सार्वजनिक स्थानहरूमा जाँदा खोप कार्ड अनिवार्य गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोरोनाविरुद्धको खोप लगाएको कार्डको मोबाइलमा फोटो भए पनि हुनुपर्ने र सबै निकायले सो हेरेर मात्रै प्रवेशको व्यवस्था गर्नुपर्नेछ ।
यस्तै २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले मंगलवार निषेध आदेश जारी गर्दै २५ जनाभन्दा बढी भेला तथा जमघट नगर्न सूचित गराएका हुन् ।
सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी कुनै पनि प्रशासनिक एवं सामाजिक क्रियाकलाप गर्न पनि रोक लगाइएको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश

