०६ साउन २०८३, बुधबार

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोट, दुई महिलाको मृत्यु

पुस २८, २०७८
अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोट, दुई महिलाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ । 

यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधवार पुष्टि गरेका छन् । 

ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलवार युद्धका अवशेषहरू विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । स्रोतका अनुसार एकजना पीडितले नजिकैका पहाडहरूबाट दाउरा संकलन गरेर गाउँमा स्क्र्याप धातुका रूपमा बेच्ने प्रयासमा युद्धका अवशेषहरू फेला पारेका थिए । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्