१० असार २०८३, बुधबार

मालिकको अत्याचार- २५ लाख तिर्न नसकेर साउदीमा बन्धक बने नेपाली

पुस २९, २०७८
मालिकको अत्याचार- २५ लाख तिर्न नसकेर साउदीमा बन्धक बने नेपाली

साउदी अरेबियामा बुटवल–४ का दामोदर क्षेत्री बन्धक अवस्थामा रहेका छन् ।  साउदीमा ‘ड्राइभिङ’ काम गर्ने उनी २५ लाख धरौटी बुझाउन नसकेपछि यो अवस्थामा रहेका हुन् ।  

 उनले चलाएको गाडी दुर्घटनामा पर्‍यो। उनको गाडी र अर्को गाडी एकआपसमा ठोक्किँदा दुवै गाडीमा आगो लाग्यो। जलेर नष्ट भए। त्यही क्रममा एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो। दुर्घटनामा दामोदर पनि घाइते भए,  उपचारपछि निको भए। दुर्घटनामा परेका दुवै गाडी जलेर नष्ट भएपछि दामोदर पक्राउ परे। तीन महिना जेल सजाय काटे। लगत्तै कम्पनीको काममा फर्किए। तर, कम्पनीले दामोदरलाई दुर्घटनामा जलेको गाडीको क्षतिपूर्तिबापत ७९ हजार साउदी रियाल (लगभग २४ लाख ८० हजार) नेपाली रुपैयाँ माग तिर्नुपर्ने भन्यो। साउदीमा यस्ता दुर्घटनाको क्षतिपूर्ति कम्पनी आफैंले तिर्ने गरे पनि, उक्त कम्पनीले क्षेत्रीसँग माग गर्‍यो।
दुई चार पैसा कमाउन विदेश गएका सामान्य परिवारका क्षेत्रीसँग यत्रो पैसा तिर्न सक्ने क्षमता थिएन। रकम तिर्न नसकेपछि कम्पनीले दुई वर्षपछि उनलाई जेल हाल्यो। दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकको तर्फबाट भने कुनै उजुरी परेन ।

विगतमा धेरै सुविधा दिने, नेपाल फर्किँदा पासपोर्ट बनाइदिने आश्वासन दिएको कम्पनीले उल्टै बदमासी गर्‍यो। वि.सं. २०७४ देखि वि.सं २०७८ सम्म क्षेत्रीले साउदीको जुबेल जेलमा कैदी जीवन बिताए। ४ वर्षपछि जेलबाट त मुक्त भए। तर, कम्पनीले मागेअनुसारको झन्डै २५ लाखको क्षतिपूर्ति तिर्न सकेका छैनन्। जेलबाट छुटे पनि साउदीमा ‘बन्दी जीवन’ बिताइरहेका छन्। कुनै पनि बेला प्रहरीले पुनः पक्राउ गर्न सक्ने चिन्ता भइरहेको क्षेत्री बताउँछन्। विष्णु घिमिरेको बाइलाइनमा अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्