×

X
Dabur
Nic Asia
Marvel

विश्व सफाइ अभियानमा निस्किएका मानव

घुमन्ते सफाइ अभियन्ता– दमक र महेन्द्रनगर सफा बनाए, बंगलादेशमा गाली खाए !

काठमाडाैं | पुस २९, २०७८

TVS INSIDE

कीर्तिपुरका राजमान मानव सफाइ अभियन्ता हुन् ।

IME BANK INNEWS
morang Auto yamaha

विश्वका हरेक कुनाकाप्चामा पुगेर सफाइ गर्ने लक्ष्यका साथ अगाडि बढेका उनले विभिन्न देश पुगेर सफाइ अभियान चलाइसकेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

१२ वर्षदेखि निरन्तर यस अभियानमा होमिएको बताउने उनी ७ वर्षदेखि औपचारिक रूपमा सफाइ अभियानमा छन् ।

सफाइका लागि उनी देशभित्र मात्र होइन, भारत, बंगलादेश र श्रीलंका पनि पुगेका रहेछन् । अहिले राजधानीको केन्द्रमा रहेको रानीपोखरी आसपासमा उनको सफाइ अभियान चलिरहेको छ ।

Vianet communication
Maruti inside

टेन्ट गाढेर रानीपोखरी नजिकै बसेका उनी हरेक दिन त्यहाँ जम्मा हुने फोहोर सफा गर्छन् । उनी बिहान ६ बजे नै कुचो लिएर सडकमा निस्कने गरेका छन् ।

रानीपोखरी, भोटाहिटी, रत्नपार्क र जमल चोक वरपरका क्षेत्रमा दिनदिनै उनले सफा गर्ने गरेका छन् ।

'यहाँ एक महिने सफाइ अभियान चलाउन सकेमा जनमानसमा केही चेतना आउँथ्यो कि, राज्यको ध्यान केन्द्रित हुन्थ्यो कि,' सफाइ अभियानको उद्देश्य प्रस्ट्याउँदै मानवले भने ।

जनमानसमा सफाइप्रति चेतना फैलाउने उद्देश्यले नै आफूले अभियान चलाएको उनले बताए ।

रानीपोखरी आसपासमा पुस ४ गतेबाट शुरू भएको उनको अभियान माघ ४ गतेसम्म चल्ने छ ।

कसरी शुरू भयो सफाइ अभियान ?

मानवले एकदिन कीर्तिपुरस्थित आफ्नो टोलमा नेवारी संस्कृति झल्काउने महोत्सव आयोजना गरेका रहेछन् ।

महोत्सव सकिँदा टोलभर जताततै फोहोर थुप्रियो । उनले आफैं फोहोर सफा गरे । टोल सफा भयो ।

आफ्नो टोल सफा, तर सँगैका अरू टोल फोहोर देख्दा उनलाई राम्रो लागेन ।

त्यसपछि उनले कीर्तिपुरका अन्य टोलमा पनि पुगेर सरसफाइ गरे ।

'त्यतिबेला मेरो काम देखेर स्थानीयले धन्यवाद दिँदा र सम्मान गर्दा निकै गर्व महशुस भयो,' मानवले लोकान्तरसँग भने, 'त्यसैले अभियानलाई देशव्यापी बनाउन प्रेरणा मिलेको हो ।'

कीर्तिपुरबाट बाहिर निस्केर भने उनले पहिलोपटक २०७४ सालमा मेची-महाकाली सफाइ अभियान सञ्चालन गरेका थिए ।

'शुरूमा अभियान कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएँ । एउटा शहरमा पुगेपछि २ दिन अवलोकन र त्यसपछि सरसफाइ गर्न थालें,' उनले भने, 'दोस्रोपटक त्यही शहरमा १५ दिन रहेर सरसफाइ गरें ।'

मेची-महाकाली अभियान भने उनले तेस्रो वर्षमा आएर सञ्चालन गरेका रहेछन् । जनता र स्थानीय तहसँग समन्वय गरेर अभियान अगाडि बढाएको उनले सुनाए ।

कसरी गर्छन् सफाइ?

अभियन्ता राजमान मानव जुन शहरमा पुग्छन्, त्यहाँ २ महिनासम्म रहेर सफाइ अभियान चलाउँछन् ।

टेन्ट, खानेकुरा, सरसफाइका सामान उनले साथमै लैजाने गरेका छन् ।

सुशीला महर्जनले उनलाई सहयोग गर्दै आएकी छन् । महर्जन पनि सफाइ अभियन्ता नै हुन् ।

देशभित्र उनको सफाइ अभियान हरेक शहरमा बसपार्कबाट शुरू हुन्छ ।

'शहरको सबैभन्दा फोहोर थुप्रिने स्थान बसपार्क नै हुन्छ,' उनले भने ।

उनी जहाँ फोहोर देख्छन्, त्यहीँनजिक टेन्ट गाड्छन्, सरसामान राख्छन्, अनि कुचो बोकेर सफाइमा लागिहाल्छन् ।

दुई-तीन दिन पछिबाट स्थानीयले चासो देखाउने गरेको र त्यसपछि केही संघ-संस्थाबाट सहयोग पनि मिल्ने गरेको उनले सुनाए ।

मानवले दमकमा ६३ हप्ते सफाइ अभियान चलाएका थिए । त्यहाँ आफ्नो अभियान सफल भएको र शहर सफा भएको उनको दाबी छ ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा पनि आफ्नो सफाइ अभियानले ठूलो परिवर्तन ल्याएको दाबी उनले गरे ।

पुगेकामध्ये बंगलादेश सबैभन्दा फोहोर

मानव आफू पुगेर सफा गरेकामध्ये बंगलादेश सबैभन्दा फोहोर पाएको अनुभव सुनाउँछन् ।

शुरूमा त जताततै फोहोर देख्दा उनलाई दिक्क नै लागेको रहेछ ।

'एयरपोर्टबाट शुरू गरेको सफाइ अभियान त्यहाँको संसद् भवन पुग्दा पनि फोहर र दुर्गन्ध उस्तै पाइयो । बंगलादेशमा अझै पनि खुला शौचालय रहेछ,' उनले सुनाए ।

बंगलादेशमा एक बुद्धिजीवीबाट आफूले गाली समेत खाएको उनको भनाइ छ ।

'हाम्रो देश सफा गर्नुपर्दैन, हामीलाई यस्तै ठीक छ । पिसाब भन्ने कुरा कहिले पनि रोक्नु हुँदैन, त्यसैले खुला ठाउँमा पिसाब गर्नु सामान्य हो । आफ्नै देश गएर सफा गर भनेर भने,' उनले सुनाए ।

बंगलादेशमा २ महिना लामो सफाइ अभियानमा पनि मानिसहरूको सोचमा परिवर्तन ल्याउन नसकेकोमा उनलाई खल्लो लागेको छ ।

त्यसपछि उनी भारत हुँदै श्रीलंका समेत पुगे । उनका अनुसार श्रीलंका भने तुलनात्मक रूपमा सफा पायो ।

उनी श्रीलंकामा खासै सरसफाइ नगरी स्वदेश फर्किए ।

अबको योजना अफ्रिका सफाइ

सफाइ अभियन्ता मानव अब अफ्रिका जाने तयारीमा छन् ।

'विश्वको फोहोर देशको तथ्यांक हेर्दा अफ्रिकाको नाइजेरिया निकै अगाडि रहेछ, अब त्यो देश सफा गर्न जाने हो,' उनले भने, 'कोरोना महामारीले गर्दा तत्काल जान सम्भव नहोला, महामारी कम हुनेबित्तिकै त्यता जान्छु ।'

कोरोना महामारी कम भएपछि विश्वव्यापी रूपमा आफ्नो सफाइ अभियान जारी रहने उनले बताए ।

हेर्नुहोस्, भिडियो :

TATA Below
NLIC
साउन ८, २०७९

भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...

साउन ७, २०७९

पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट काठमाडौं उपत्यकामा छ्याप्छ्याप्ती देखिन्छ । उपत्यका मात्...

साउन २०, २०७९

काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...

साउन २, २०७९

कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...

साउन २३, २०७९

धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...

साउन १४, २०७९

जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सिद्धार्थ र...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x