१७ असार २०८३, बुधबार

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । 

यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो ।

पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा–सम्मेलनलाई समेत स्थगन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्