१७ असार २०८३, बुधबार

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?

रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन्। 

यसअघि बीमा समितिका अध्यक्ष रहिसकेका चिरञ्जीवी चापागाईँ र प्रधानमन्त्री पत्नी आरजु राणा देउवानिकट मानिएका रमेश कुमार हमालसहित १५ जनाले आवेदन दिएका हुन्।  

नेपाल धितोपत्र बोर्डले नयाँ सूचना जारी गरेर यही पुस १५ गते पुनः आवेदन आह्वान गरेको थियो। 

आवेदकले यही पुस २९ गतेभित्र आवेदन दिनुपर्ने थियो। यसअघि गठित समितिले २०७८ कात्तिक ११ मा अध्यक्षका लागि आवेदन मागेको थियो।

छनोट समितिका एक सदस्य परिवर्तन भएपछि पुन आह्वान गरिएको थियो। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि पुनः आवेदन माग गरेको हो। 

सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन्। यसअघि विज्ञ सदस्यमा नारायण प्रसाद पौडेल रहेका थिए। उनलाई हटाएर मन्त्रीपरिषद्को बैठकले धिताललाई ल्याएको हो।

अरु को–को ? 
१ डा गोपालप्रसाद भट्ट
२ खगेन्द्र कटुवाल
३ मुक्ति अर्याल
४ रमेश अधिकारी
५ चिरञ्जीवी चापागाई
६ डा नवराज अधिकारी
७ अम्बिका शर्मा लामिछाने
८ कृष्णराज पोखरेल
९ डा जीवन अंगाई
१० रमेश कुमार हमाल
११ सीताराम थपलिया
१२ डा केशवप्रसाद श्रेष्ठ
१३ अनिलराज पौडेल
१४ निरज गिरी
१५ हेमन्त बस्याल

salt training

कमेन्ट गर्नुहोस्